News Griha :: न्यूजगृह
हाँत भाँचिदा काठले अड्याएकी नानीले उपचार पाइन्

मुगु— जिल्लाको छायाँनाथ रारा नगरपालिका–१२ भिताडकी २६ वर्षकी नानी बिकको हात भाँचिदा उनी आठ महिनाकी गर्भवती थिइन । 

असारको अन्तिम साता उनको हात भाँचिदा खर्च नभएर उनले उपचार गर्न पाएकी थिइनन् । गरिबीका कारण उपचार खर्च नपाउँदा धामी बैजी र अन्य उपचार गरी थला परेकी नानी अहिले सहयोगीको साथबाट उपचार गराएर नवजात बालक लिएर घर फर्केकी छन् ।

चरम गरिबीका कारण नानीको घरमा बिहान-बेलुकी छाँक टार्नसमेत समस्या छ । आठ महिनाको गर्भ भएका बेला खेतमा काम गर्न जाँदा उनी लडेर हात भाँचिएको थियो ।

उपचारका लागि आर्थिक अभाव हुँदा जिल्ला अस्पतालमा मुगुले जुम्ला रिफर गर्दा उनी थप मारमा परेकी थिइन् । गोजीमा पैसा नभएर उपचार गर्न असम्भव जस्तै अवस्थामा स्थानीय पत्रकार दानबहादुर बुढा र नन्द बहादुर रोकायले समाचार बनाइदिएका थिए ।

उनको समाचार प्रकाशित भएसँगै दाताहरूको सहयोगमा उनको उपचार सुरू भएको हो । विदेशमा बस्ने मुगुबासी ‘रारा प्रवास समाज’का सदस्य र अन्य नेपाली, मेची महाकाली बुहारी अभियान मुगुकी अध्क्षय सुर्जदेवी मल्लले आर्थिक सहयोगमा नानीको उपचार सम्भव भएको थियो ।

उनको उपचारमा मुगु जिल्ला अस्पतालका डाक्टर नकुल शाही, जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले चिकित्सकीय सेवा, शल्यक्रिया, औषधि निःशुल्क गरिदिँदा नानीको उपचारमा थप सहज भएको थियो ।

अहिले नानीको भाँचिएको हातको अपे्रसन सफल भएको छ । उनी काखमा छोरा च्यापेर घर फर्किएकी छन् । उनको हातमा राखिएको फलामको रड निको भएपछि झिकिने चिकित्सकले बताएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:५९
Weather Update