सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोहीअनुरुप छापावाल सुन तोलामा एक सयले घटेर प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० ११:१३