
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ । नेपाली ठूलो गोलभेँडाको मूल्य आइतबारको तुलनामा आज १० रुपैयाँले घटेको छ । तर हिजोको तुलनामा भटमासकोशा, मकै बोडी, हरियो फर्सी लगायतका तरकारीको मूल्य न्यूनतम १० रुपैयाँले बढेको छ ।
नेपाली ठूलो गोलभेँडा आज न्यूनतम मूल्य प्रतिकेजी १५० रुपैयाँमा बिक्री भइरहेको छ । लोकल सानो गोलभेँडाको मूल्य भने ७० रुपैयाँ कायम भएको छ । रातो आलुको न्यूनतम मूल्य २ रुपैयाँले बढेर प्रतिकेजी न्यूनतम मूल्य ५० पुगेको छ । स्थानीय काउली ६० रुपैयाँ प्रतिकेजीमा पाइने छ ।
गाँजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ ।
तितो करेला ३०, लौका ४०, परवल ३५, घिरौला २०, फर्सी पाकेको ४०, हरियो फर्सी ७०,कन्ने च्याउ १५०, डल्ले च्याउ ३००, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।
यस्तै रायोको सागमा मूल्य केही घटेर आएको छ । हिजो प्रतिकेजी ९० रुपैयाँ रहेको रायोको साग आज ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी १० रुपैयाँले बढेर ५० पुग्दा हरियो प्याज पनि ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।
समितिका अनुसार आज फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह १८०, तरबुजा हरियो ७०, मौसम १६०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाती लोकल ८० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।