भारी अंकले घट्यो नेप्से, नेपाल रिपब्लिक मिडियाको सकारात्मक सर्किट
काठमाडौं— साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से भारी गिरावट आएको छ । आइतबार बजार ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा पुगेको हो ।
आइतबार २६५ धितोपत्रको ६१ हजार ९१७ कारोबारबाट कूल ८० लाख सात हजार ३६१ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम दुई अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको भएको छ ।
आइतबार वित्त, होटल तथा पर्यटन र व्यापार उपसूचकमा भारी गिरावट आएको हो । पहिलोपटक कारोबारमा आएका आईएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सकारात्मक सर्किट लागेको छ ।
आइतबार सानिमा बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट, ग्लोबल बैंकलगायत कम्पनीका धितोपत्रको बढी कारोबार भएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० १५:३६