News Griha :: न्यूजगृह
रवि लामिछानेले सञ्चालन गरेको ‘मोबाइल क्लिनिक’को एम्बुलेन्स अस्पताललाई नै फिर्ता

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू निर्वाचित भएको सय दिनको अवसरमा ल्याएको ‘मोबाइल क्लिनिक’को गाडी फिर्ता गरिएको छ । उनी गत वैशाख १० गतेको उपनिर्वाचनमा चितवन–२ बाट पुनः निर्वाचित भएका थिए ।

लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भन्दै ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरबाट ल्याएका थिए । 

उनले पुरानो मेडिकल कलेजबाट ल्याएको एम्बुलेन्सलाई निलो रंगको बनाएर गत १७ गते मोबाइल क्लिनिक भन्दै सञ्चालनमा ल्याएको घोषणा गरेका थिए । 

भारतीय दूतावासले ११ वर्षअघि पुरानो मेडिकल कलेजलाई दिएको एम्बुलेन्सलाई लामिछानेले आफ्नो पार्टीको झण्डाको जस्तै रंग लगाएर प्रयोग गरेका थिए ।

मोबाइल क्लिनिकको उद्घाटन गर्दै सभापति लामिछानेले भनेका थिए, ‘अहिले मैले गर्न लागेको काम यस्तो अपजसी काम हो यो, तर एक चोटी हात त हाल्छु, गाली खाए खान्छु भनेर आएको छु ।’

उनले आफूले सञ्चालनमा ल्याएको मोबाइल क्लिनिक सुरु गरेको केही दिनमै गाडी फिर्ता गरिएको हो ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १०:३५
Weather Update