
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ । नेपाली ठूलो गोलभेँडाको मूल्य शनिबारको तुलनामा आज स्थिर रहेको छ । नेपाली ठूलो गोलभेँडा आज न्यूनतम मूल्य प्रतिकेजी १६० रुपैयाँमा बिक्री भइरहेको छ ।
लोकल सानो गोलभेँडाको मूल्य भने १० रुपैयाँले घटेर ७० रुपैयाँ कायम भएको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ र सेतो आलु ३६ रुपैयाँ न्यूनतम मूल्य रहेको छ । स्थानीय काउलीको मूल्य पनि १० रुपैयाँले घढेर ६० रुपैयाँ न्यूनतम मूल्य तोकिएको बिक्री छ ।
गाँजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल ३०, मूला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ५०, भटमासकोशा ७० रुपैयाँ तोकिएको छ ।
तितो करेला ४०, लौका ४०, परवल ३५, घिरौला २५, फर्सी पाकेको ४०, हरियो फर्सी ६०,कन्ने च्याउ १८०, डल्ले च्याउ ३३०, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।
यस्तै रायोको सागमा मूल्य बढेर आएको छ । हिजो प्रतिकेजी ७० रुपैयाँ रहेको साग आज ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
तोरीको साग प्रतिकेजी ४० रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ न्यूनतम मूल्य कायम रहेको छ । समितिका अनुसार आज फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ ।
कागती १३०, अनार ३००,आँप मालदह १८०, अंगुर कालो ४५०, तरबुजा हरियो ७०,मौसम १८०, किवि ७००, मेवा ९० रुपैयाँ र नासपाती लोकल ८० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।