माओवादी बैठक : केन्द्रीय सदस्यले उठाएका प्रश्नको प्रचण्डले जवाफ दिने

काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका विभिन्न प्रश्नहरूको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।
बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । हिजो शनिबार केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ ।
स्थायी समिति सदस्य रेखा शर्माले भनिन्,‘सबै केन्द्रीय सदस्यहरूले बोलेर सकियो । आज १ बजेका लागि बैठक बोलाइएको छ । बैठकले आवश्यक निर्णय गरेर पार्टी निर्माणको प्रक्रियामा जुट्छौं ।’
शर्माले आजै केन्द्रीय समिति बैठकको निर्णय आउने जानकारी दिइन् । चार दिनदेखि जारी बैठकमा २२१ नेताले आफ्नो धारणा राखेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० ०७:०६



 (1)1691246039.jpg)










