केन्द्रीय समिति बैठकपछि माओवादी पार्टी एक ढिक्का हुने प्रचण्डको दाबी
 (1)1691246039.jpg)
काठमाडौं— प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा चार दिनसम्मको छलफलले पार्टीलाई एक ढिक्का बनाएको दाबी गरेका छन् ।
बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समितिको चौथो दिनको बैठकपछि सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले, बैठक सकिदाँसम्म पार्टी एक ढिक्का भएर आउने बताए ।
प्रचण्डले भने ‘लोकतन्त्रको भने पनि जनवादको भने पनि धेरै ठूलो र उच्च अभ्यास भयो चार दिनसम्म । पार्टी अब एकढिक्का भयो भन्ने महसुस यहाँ आउने सबैलाई भएको छ । वादविवाद र संवाद यो बैठकमा टुङ्गिँदै छ । लास्टसम्म आउँदा पार्टी एक ढिक्का भएर आउँछ ।’
प्रकाशित मिति: शनिबार, साउन २०, २०८० २०:१७













