विदेशी मुद्राको विनिमय दर : आइतबार कुन देशको मुद्राको मूल्य कति ?

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ ।
यूरो १ को खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ६८ पैसा र बिक्री दर ८७ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० ०६:२२