News Griha :: न्यूजगृह
अर्थतन्त्रमा देखिएको समस्याको समाधान मौद्रिक नीतिमात्र होइन : मन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्याको समाधान मौद्रिक नीतिमात्र नभएको बताएका छन् । 
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मौद्रिक नीतिमा अलि खुकुलो पन र सहजता खोजेता पनि अर्थतन्त्रमा देखिएको समस्याको समाधान मौद्रिक नीतिमात्र नभएको बताएका हुन् । 

महतले भने, ‘अर्थतन्त्रमा समस्या थियो र अझै केही मात्रामा छ । तर त्यसको सम्पूर्ण समाधान मौद्रिक नीति मात्र होइन मौद्रिक नीतिमा अलि खुकुलो पन र सहजता हामीले खोजेका छौं । त्यो कुरा हामीले गरेका पनि छौं ।’ 

उनले अरु क्षेत्रमा जस्तै राज्य संयन्त्रमा पनि समस्या रहेको दावी गरे । समयमा कार्यन्वयन नगर्ने, धेरै घोषणा गर्ने तर त्यसमा अन्तर निहित विषयवस्तुको गहनता र गम्भीरतालाई धेरै नसोच्नाले राज्य संयन्त्रमा समस्या उत्पन्न भएको तर्क गरे । महतले भने, ‘राज्य संयन्त्रमा समस्या छ समयमा कार्यन्वयन गर्दैनौ धेरै घोषणा गछौँ तर त्यसमा अन्तर निहित विषयवस्तु त्यसको गहनता र गम्भीरतालाई धेरै सोच्दैनौँ त्यसले पनि समस्या आएको छ ।’

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  २०:३८
Weather Update