News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डद्वारा उत्तराखण्डमा बेपत्ता नेपाली नागरिकको खोजीका लागि कूटनीतिक पहल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता नेपाली नागरिकको खोजीका लागि सरकारले कूटनीतिक पहल गरेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री प्रचण्डले सो घटनाको खबरले आफू मर्माहत भएको भन्दै उनीहरूको खोजीका लागि कूटनीतिक पहल भएको बताएका छन् ।

प्रचण्डले लेखेका छन् ‘गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुखद घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।’

पहिरोमा परी बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । 

 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  २०:२५
Weather Update