News Griha :: न्यूजगृह
प्रचण्ड र मोदीबीच टेलिफोनमा कुराकानी
फाइल तस्बिर ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ ।

टेलिफोन कुराकानीमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीको विभिन्न पक्षका बीचमा कुराकानी हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो ।

यो टेलिफोन कुराकानीले दुई देशबीच रहेको उच्च राजनीतिक तहमा रहेको समझदारीलाई निरन्तरता दिएको पनि भारतको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:४१
Weather Update