
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेँडाको मूल्य आज स्थिर नै रहेको छ ।
नेपाली ठूलो गोलभेँडा आज न्यूनतम मूल्य प्रतिकेजी १६० रुपैयाँमा बिक्री भइरहेको छ । लोकल सानो गोलभेँडाको मूल्य भने १० रुपैयाँले बढेर ८० रुपैयाँ कायम भएको छ ।
यसको मूल्य हिजो ७० रुपैयाँ कायम थियो । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य पनि १० रुपैयाँले बढेर ७० रुपैयाँ न्यूनतम मूल्यमा बिक्रि भइरहेको छ ।
गाँजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ७० रुपैयाँ तोकिएको छ ।
तितो करेला ३५, लौका ४०, परवल ३५, घिरौला २५, फर्सी पाकेको ४०, कन्ने च्याउ १७०, डल्ले च्याउ ३५०, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ४० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्यूनतम मूल्य रहेको छ ।
फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३२० नै कायम छ । कागती १३० रुपैयाँमा बिक्री भइरहेको छ । अनार ३०० रुपैयाँ न्यूनतम मूल्यमा पाइने छ ।
आँप मालदह १८०, अंगुर कालोको ४५० रुपैयाँ मूल्य तोकिएको छ । मौसम १८०, किवि ७००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ न्यूनतम मूल्य प्रतिकेजी तोकिएको छ ।