News Griha :: न्यूजगृह
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौं— शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहीबार प्रतितोला एक लाख १२ हजार २०० मा रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी मूल्य पनि स्थिर रही प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ११:५०
Weather Update