मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : उपमहासचिव ज्ञवाली

बुटवल— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको बताएका छन् । मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
एमालेका नेता स्व.जीवराज आश्रितको ८०औं जन्मजयन्तीका अवसरमा बिहीबार बुटवलमा आयोजित विचारगोष्ठीमा उपमहासचिव ज्ञवालीले राजस्व संकलन न्यून हुँदा कर्मचारीलाई समस्या भएको बताए ।
निर्माण व्यवसायीले काम पूरा गरेर पनि भुक्तानी पाउन नसकेको अवस्था रहेकाले सरकार यसप्रति गम्भीर हुनुपर्ने बताए ।
उपमहासचिव ज्ञवालीले सुन काण्डमा जोडिएका व्यक्तिलाई उन्मुक्ति दिन नहुनेमा सरकारको ध्यानाकर्षण गराए । एमालेले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग अघि बढाएको उनको भनाइ थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० २१:४८