News Griha :: न्यूजगृह
प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

काठमाडौं— संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।

बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

‘बैठकले वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदको नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ,’ बैठकपछि अध्यक्ष तिमिल्सिनाले भने ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गते शनिबारदेखि अनिवार्य अवकाश हुँदैछन् ।

परिषद्को सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । साे समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ प्रधानन्यायाधीश बन्नेछन् ।

 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १९:००
Weather Update