News Griha :: न्यूजगृह
विज्ञानमा लगाव राख्ने समूहलाई लक्षित गरी सम्मेलन आयोजना हुँदै

काठमाडौं— नेपालमा रहेर विज्ञानसम्बन्धी लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहलाई लक्षित गरी भदौं ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना हुने भएको छ । 

नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले एक विज्ञप्ति जारी गर्दैै सम्मेलन आयोजना हुने लागेको जानकारी दिइएको हो । कार्यक्रममा आवेदन दिनेहरूलाई सम्मेलन आयोजना हुनुभन्दा पहिले दूर शिक्षा विधिबाट वैज्ञानिक अनुसन्धान पत्रको अवधारणा लेखन तथा प्रस्तुतीकरण सम्बन्धमा कार्यशाला सञ्चालन गरिने छ ।

सम्मेलनमा सहभागीहरूले वैज्ञानिक प्लेटफर्म, एक्स्पोजर तथा सञ्जालको अवसर प्राप्त गर्ने छन् । यस सम्मेलनमा उत्कृष्ट प्रस्तुतीकरण गर्ने सहभागीलाई विभिन्न अन्तर्राष्ट्रि कार्यक्रममा संलग्न हुने अवसर प्रदान गरिने छ ।

सम्मेलनमा भाग लिन भदौं ८ गतेसम्म आवेदन फारम भर्ने अन्तिम मिति तय गरिएको छ । कार्यक्रम काठमाडौंको ठमेलस्थित होटल रमदा इन्कोरमा हुने छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:११
Weather Update