सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं— आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य गिरावट आएको हो ।
बिहीबार छापावाल सुन तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार बजारमा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० ११:४०