News Griha :: न्यूजगृह
ललितपुरमा पशुमा लम्पी स्किन संक्रमण भयावह

ललितपुर— ललितपुरमा लम्पी स्किन संक्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने संक्रमण भयावह हुँदै गएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरकी डा.निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु संक्रमित भएका छन् ।

संक्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् । संक्रमण बढ्दो क्रममा रहेको उनले बताइन् ।

केन्द्रले थप क्षति नहोस् भनेर सजकता अपनाएको जानकारी दिँदै उनले जिल्लाभरमा आठ हजार तीन सय गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइसकेको बताइन् ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०८:५०
Weather Update