
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ । नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज १६० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य ९४ रुपैयाँ कायम छ ।
रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य पनि स्थिर नै रहेर ६० रुपैयाँ न्यूनतम मूल्यमा बिक्री भइरहेको छ ।
गाँजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा ब्रिकी भएको छ भने घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ ।
तितो करेला ३०, लौका ४०, परवल ३५, घिरौला ३०, फर्सी पाकेको ४०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३००,काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।
रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्यूनतम मूल्य रहेको छ । फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ ।
फूजी स्याउ प्रतिकेजी ३२० नै कायम छ । कागती १३० रुपैयाँमा ब्रिकी भइरहेको छ । अनार ३२० रुपैयाँ न्यूनतम मूल्यमा पाइने छ ।
आँप मालदह १८०, अंगुर कालोको ४५० रुपैयाँ मूल्य तोकिएको छ । मौसम २२०, किवि ७००, मेवा ९० रुपैयाँ र नासपाती लोकल ८० रुपैयाँ न्यूनतम मूल्य प्रतिकेजी तोकिएको छ ।