News Griha :: न्यूजगृह
मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छ : मुख्यसचिव अर्याल

काठमाडौं— मुख्यसचिव डा.वैकुण्ठ अर्यालले मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालमा मातृ मृत्युदरको अवस्था र सरोकारवालाको भूमिका विषय उच्चस्तरीय नीति संवाद’ मा उनले सबैको सहयोगले मातृ मृत्यु घटाउन सकिने बताए ।

उनले विगतको तुलनामा मातृ मृत्युदर निकै राम्रो उपलब्धि हासिल भएको भए पनि सन् २०३० सम्म  प्रतिलाख ७० जनामा पुर्‍याउन क्षेत्रगतरुपमा विशेष पहल गर्नुपर्ने, स्थानीय तहको क्षमता अभिवृद्धि तथा सहयोग गरिनुपर्ने बताए ।

मुख्यसचिव अर्यालले मातृ मृत्यु दर घटाउन स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा मन्त्रालयका सचिव डा.रोशन पोखरेलले मातृ मृत्यु घटाउन मन्त्रालयको प्रयास रहने भन्दै सम्बन्धित निकायसँग समन्वय र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा थप प्रयत्नशील रहेने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०६:४७
Weather Update