News Griha :: न्यूजगृह
छुटेकालाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं— काठमाडौं महानगरपालिकाले यही साउन २१ गतेदेखि नौ वटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो ।

कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१,  मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ ।यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते दुई दिन कार्यक्रम चलाइने तयारी रहेको कामपा स्वास्थ्य विभाग प्रमुख रामप्रसाल पौडेलले जानकारी दिए ।

खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने प्रमुख पौडेलले बताए । उनले भने,‘बिरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने विद्यमान परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आकलन गरेर नागरिकको बचावटको लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।’

अहिले कोभिडको संक्रमणका बारेमा मानिसले खासै कुरा गरेका छैनन् । अस्पतालमा कोभिडकै कारण निमोनिया भएका बिरामी आउने गरेका छन् । उनीहरुको उपचार आइसियुमा राखेर भइरहेको पनि पौडेलले जनाए ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०६:१३
Weather Update