News Griha :: न्यूजगृह
तरकारी र फलफूल किन्नुअघि थाहा पाउनुहोस् मूल्य

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्यसूची सार्वजनिक गरेको छ । मूल्यसूचीअनुसार सोमबारको तुलनामा मंगलबार तरकारी तथा फलफूलको मूल्य स्थिर छ ।

ठूलो गोडभेँडाको मूल्य हिजोकै कायम रहेको छ । नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज १२० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य भने आज ५ रुपैयाँले बढेर ४५ रुपैयाँ कायम छ ।

रातो आलुको आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य पनि स्थिर नै रहेर ६० रुपैयाँ न्यूनतम मूल्यमा बिक्री भइरहेको छ ।

गाँजरको मूल्य पनि स्थिर नै रहेर प्रतिकेजी ११० रुपैयाँमा बिक्री भएको छ भने घ्यू सिमी लोकल २५, मुला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ ।

तितो करेला ४०, लौका ४०, परवल ३५, घिरौँला २५, फर्सी पाकेको ४५ कन्ने च्याउ १५०, डल्ले च्याउ ३०, काँक्रो लोकल ३०, रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।

रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ न्यूनतम मूल्य रहेको छ । फलफूलमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फुजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती १३० रुपैयाँमा बिक्री भइरहेको छ ।

अनार ३ सय रुपैयाँ न्यूनतम मूल्यमा बिक्री भइरहेको समितिले जनाएको छ । आँप मालदह १८०, अंगुर कालोको ४५० रुपैयाँ मूल्य तोकिएको छ । मौसम २२०, किवी ७५०, मेवा ९० रुपैयाँ र नासपाती लोकल ७० रुपैयाँ न्यूनतम मूल्य प्रतिकेजी तोकिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०९:१३
Weather Update