News Griha :: न्यूजगृह
नेप्सेमा दोहोरो अंकले गिरावट

काठमाडौं— नेप्से परिसूचक मंगलबार दोहोरो अंकले घटेको छ । नेप्से २८.५९ अंकले घट्दै दुई हजार ७७.५८ बिन्दुमा झरेको हो ।

मंगलबार २६२ कम्पनीका ६० लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९२ करोड ४४ लाख बराबरको कारोबार भएको छ । आज म्युचुअल फण्डबाहेक सबै उपसमूहमा गिरावट आएको छ ।

सुपर मादि हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.६० प्रतिशतले बढ्दा किसान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ६.५४ प्रतिशतले गिरावट आएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:३०
Weather Update