News Griha :: न्यूजगृह
मंगलबार तरकारी र फलफूलको मूल्य स्थिर

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार सोमबारको तुलनामा मंगलबार तरकारी तथा फलफूलको मूल्य स्थिर देखिएको हो ।

ठूलो गोलभेँडाको मूल्य हिजोकै कायमा रहेको छ । नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज १२० रुपैयाँ छ ।

लोकल सानो गोलभेँडाको मूल्य भने आज ५ रुपैयाँले बढेर ४५ रुपैयाँ कायम छ । रातो आलको आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य पनि स्थिर नै रहेर ६० रुपैयाँ न्युनतम मूल्यमा बिक्रि भइरहेको छ ।

यस्तै गाँजरको मूल्य पनि स्थिर नै रहेर प्रतिकेजी ११० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल २५, मुला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ६०,भटमासकोशा ८० रुपैयाँ तोकिएको छ ।

तितो करेला ४०, लौका ४०, परवल ३५,घिरौला २५,फर्सी पाकेको ४५ कन्ने च्याउ १५०, डल्ले च्याउ ३०, काँक्रो लोकल ३०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।

रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ न्यूनतम मूल्य रहेको छ ।

फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती १३० रुपैयाँमा बिक्री भइरहेको छ । अनार ३०० रुपैयाँ न्यूनतम मूल्यमा पाइने छ ।

आँप मालदह १८०, अंगुर कालोको ४५० रुपैयाँ मूल्य तोकिएको छ । मौसम २२०, किवि ७५०, मेवा ९० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ न्यूनतम मूल्य प्रतिकेजी तोकिएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०८:३७
Weather Update