लम्पी स्किन रोगबाट मधेसमा २ हजार २५ पशुको मृत्यु

काठमाडौं— लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा हालसम्म २ हजार भन्दा बढी पशुको मुत्यु भएको छ ।
खडेरीको चपेटामा परेको मधेस प्रदेशको आठ वटै जिल्लामा यस रोगका कारण गाई वस्तुको धेरै क्षति भएपछि किसान मर्कामा परेका हुन् ।
मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी १ हजार १ सय १८ गाई,भैँसीसहितका पशुको मृत्यु भएको हो ।
लम्पी स्किनका कारण सबैभन्दा बढी गाई,गोरुको मृत्यु भएको देखिन्छ । मधेस प्रदेशमा मृत्यु भएका २ हजार २५ पशुमा भैँसी, राँगा छन् भने २ हजार १९ वटा गाई, गोरुको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १९:०५