News Griha :: न्यूजगृह
साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा पेश गरेका छौं : मन्त्री शर्मा

काठमाडौं—  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा पेश गरेको बताएकी छन् ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना तथा प्रविधिलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।

उनले भनिन, ‘सूचना तथा प्रविधिसँग सम्बन्धित ऐन कानूनहरू अत्यन्तै पुराना छन् । हामीसँग दूरसञ्चारसँग सम्बन्धित ऐन, साइबर सुरक्षासँग सम्बन्धित ऐनहरू छन् , ऐन भएयता पनि धेरै नै पुराना छन् । र, अहिलेको परिवेशमा त्यसलाई परिमार्जन गर्नै पर्ने आवश्यकता भएकोले साइबर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेका छौं । त्यो छलफलको क्रममा छ । ’

मन्त्री शर्माले सूचना प्रविधिमा स्नातक गरेका विद्यार्थीलाई सेवा प्रवेशको लागि निश्चित अवधि तोकेर तालिम प्रशिक्षणको व्यवस्था गर्ने तयारी गरिरहेको बताएकी छन् । आईटी  सेक्टरमा र सरकारी सेवामा दक्ष जनशक्ति आकर्षण गर्न आवश्यक भएको उनको भनाइ छ ।  

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:०४
Weather Update