News Griha :: न्यूजगृह
तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य तीन सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटेर १ लाख १२ हजार छ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार नौ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:२८
Weather Update