News Griha :: न्यूजगृह
सोमबार कुन देशको मुद्राको भाउ कति ? 

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको जनाएको छ ।

यूरो १ को खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १४५ रुपैयाँ ३१ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३१ पैसा र बिक्री दर ८७ रुपैयाँ ७१ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

money1690765564.jpg

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०६:४८
Weather Update