News Griha :: न्यूजगृह
कहिले आउँछ नयाँ जहाज ? यसो भन्छन् उड्डयनमन्त्री किराती

बनियानी— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन् ।

प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किराँतीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको बताए ।

‘हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदोरहेछ’,उनले भने,‘तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरिद प्रक्रियामा रहेको छ, छिट्टै ती जहाज आउँछ,तर कमिसन आउँदैन ।’

नेपाली जहाजकै ‘कनेक्सन फ्लाइट’ बाट नेपाली उत्पादनहरु विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १९:०४
Weather Update