शिक्षा ऐनमा आफ्ना माग पूरा नभए शिक्षक कर्मचारीले आन्दोलन गर्ने

काठमाडौं— संघीय शिक्षा ऐनमार्फत आफ्ना मागलाई सम्बोधन नगरिए कडा आन्दोलन गर्ने शिक्षक तथा कर्मचारीले बताएका छन् ।
माग शिक्षा ऐनमा समावेश नभए ४० हजार राहत शिक्षक, ३५ हजार विद्यालय कर्मचारी, ३६ हजार बालविकास शिक्षक, ९ हजार शिक्षण सिकाई अनुदान शिक्षक र १३ सय छुट अस्थायी करार शिक्षकले संयुक्त रूपमा आन्दोलन गर्ने एक विज्ञप्तिमार्फत बताएका हुन् ।
शिक्षक तथा कर्मचारीसँग सरकारले विगतमा गरेका सम्झौता अक्षरसः पालना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
झन्डै चार लाख शिक्षक तथा कर्मचारीको पेसागत सुरक्षालगायत अन्य विविध पक्षसँग जोडिएको संघीय शिक्षा ऐनको मस्यौदा हालसम्म कुनै सरोकारवाला निकायसँग छलफलमा ल्याउन नसक्नु साथै नेपाल शिक्षक महासंघ पनि यसबाट बेखबर भएको भन्दै गम्भीर असहमति र आपत्ति जनाएको छन् ।


प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १८:३९














