
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐनलाई लिएर विभिन्न तप्काबाट चासो र चिन्ता व्यक्त भइरहेको जनाउँदै सो सम्बन्धी विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संसदमा पुर्याउने बताएका छन् ।
आइतबार समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी संगठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले संघीय शिक्षा विधेयक आगामी मंगलबार संसदमा पेस गरिने जानकारी दिँदै ऐनले शिक्षा क्षेत्रका सम्पूर्ण समस्या समाधान हुने बताए ।
उनले मन्त्रिपरिषद्को बैठकले सो विधेयक पारित गरेर सदनमा पेस गर्ने र शिक्षा क्षेत्रमा सुधारका लागि नयाँ मार्ग तय गरिने बताए ।
त्रिभुवन विश्वविद्यालय शिक्षा आयोगका अध्यक्षलगायत अन्य विश्वविद्यालयमा खाली रहेका पदाधिकारीको पनि छिट्टै पदपूर्ति गरिने प्रधानमन्त्री दाहालले बताए ।