बजार राताम्मे हुँदा पनि यी कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं— साताको पहिलो दिन आइतबार शेयर बजारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको शेयर बढेको छ ।
पिपुल्सको प्रतिकित्ता तीन दशमलव ५६ प्रतिशतले दरले बढेको छ । आइतबार सबैभन्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ७८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १४ करोड ७८ लाख ७४ हजार तीन सय ४९ बराबरको शेयर किनबेच भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको दुई लाख ६८ हजार सात सय ७४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १७:२९