News Griha :: न्यूजगृह
साताको पहिलो दिन नेप्सेमा भारी अंकले गिरावट

काठमाडौं— मौद्रिक नीतिपछि लगातार घट्दै आएको सेयर बजार परिसूचक (नेप्से) आज पनि घटेको छ । 

आज नेप्से परिसूचक २६.१४ अंकले घट्दै २१ सयको विन्दुमा आएको हो । ‘क वर्गको सेन्सेटिभ इन्डेक्ससमेत ४.१७ अंकले गिरावट आएको छ । 

२६ अंकमाथिले नेप्से सूचक घटे पनि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ६८ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज साताको अन्तिम कारोबार दिन बिहीबार २९.७१ अंकले घट्दै २१ सय २६.४८ अंकको विन्दुमा आइपुगेको थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:३४
Weather Update