News Griha :: न्यूजगृह
एक वर्षमा दुई करोडको सियो र सेफ्टी पिन आयात

काठमाडौं—गत आर्थिक वर्ष २०७९/८० मा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा दुई करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार गत आवमा एक करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले ६७ लाख ४९ हजार बराबरको राजस्व संकलनन गरेको छ ।

त्यसैगरी विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौं रकम मुलुकबाट बाहिरिरहेको छ ।

सार्वजनिक विवरणअनुसार गत आवमा एक अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन् । एक वर्षमा एक अर्ब २६ करोड ५४ लाखभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार मूल्य बराबरको नट आयात भएको छ ।

विभागका अनुसार गत आवमा १५ कारोड ८५ लाख बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०६:५४
Weather Update