News Griha :: न्यूजगृह
भीआईपीले स्वदेशमै सम्भव स्वास्थ्योपचार विदेशमा गराए सरकारले खर्च व्यहोर्दैन : स्वास्थ्यमन्त्री 

काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भीआईपी र भीभीआईपीले स्वदेशमै सम्भव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने बताएका छन् । शुक्रबार वीर अस्पतालको १३४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।

उनले स्वदेशमा सम्भव हुने उपचारलाई विदेशमा जान नहुने भन्दै त्यसको लागि अभियान थालेको बताए ।नेपालमै उत्कृष्ट चिकित्सक र नर्सहरु रहेको भन्दै उनले नेपालभित्रै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह भइरहेको बताए ।

मन्त्री बस्नेतले भने,‘वीर अस्पताललाई हामी सबैले ऐतीहासिक अस्पताल भनिरहेका छौं । यहाँ धेरै किसिमका विषय विज्ञता हासिल गरेका डाक्टरहरु हुनुहुन्छ । नर्सिङ क्षेत्रमा लामो अनुभव रहेका मान्छेहरु प्रशस्त हुनुहुन्छ । सरकारले व्यवस्था गर्ने हो भने अहिले उपचार गराइरहनुभएका हाम्रा भीआईपी र भीभीआईपीहरु अन्य देशमा उपचार गर्नुपर्दैन ।’

दुर्गम ठाउँका मान्छेलाई सिटामोल खान पैसा नहुने भन्दै मन्त्री बस्नेतले भीआईपी र भीभीआईपी भने सामान्य रोगका लागि विदेश जाने गरेको बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १८:३२
Weather Update