News Griha :: न्यूजगृह
चितवनमा डेंगु संक्रमित बढ्दै 

चितवन—  जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेंगु संक्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि बिहीबारसम्म सो सङ्ख्यामा डेंगु संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा मात्रै चार जनामा डेंगु संक्रमण भेटिएको छ । कार्यालयका सूचना अधिकारीराम केसीका अनुसार चालु आवको हालसम्म ८३ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगु संक्रमण देखिएको हो । 

संक्रमितमध्ये पाँच जना जिल्ला बाहिरका र तीन जनाको ठेगाना नखुलेको उनले बताए । गत आवमा जिल्लामा डेंगुका कारण चार जनाको मृत्यु भएको थियो । जिल्लामा भेटिएका दुई हजार तीन सय छ जना संक्रमितमध्ये उनीहरूको मृत्यु भएको हो ।

कार्यालयका सूचना अधिकारी केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये १४ हजार सात सय २८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेंगु संक्रमण  देखिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०६:०९
Weather Update