News Griha :: न्यूजगृह
काठमाडौं महानगरले दियो कर छुट सुविधा

काठमाडौं— काठमाडौं महानगरपालिकाले चालु आवका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ । कामपाले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो ।

उक्त सुविधा कामपामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण पत्रका आधारमा दिइनेछ । उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको छ ।

छुट सुविधा वडा कार्यालयबाट लिन सकिने कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । नियमित कर दाखिला गर्ने सम्पत्ति कर र व्यवसाय बहाल करदातालाई २०८० पुस मसान्तसम्म उल्लेखित शीर्षकमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेका करदातालाई बक्यौतासहितको सम्पत्ति करमा ३० प्रतिशतसम्म छुट दिइएको छ । यो सुविधा पुस मसान्तसम्मको लागि मात्र हो ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०६:०२
Weather Update