व्यावसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् ।
बिहीबार महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले महासंघ व्यावसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा व्यक्त गरेका हुन् ।
‘कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ’,उनले भने,‘तपाईंहरूका मुद्दाका साथमा महासंघ पनि सँगै गयो भने हाम्रो एकता अझ बढी मजबुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौँ ।’
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० २२:०४