News Griha :: न्यूजगृह
बिहीबार तरकारी र फलफूलको घटेको मूल्य कति ?

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ठूलो गोलभेँडा र सानो गोलभेँडाको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ ।

नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज ९० रुपैयाँ रहेको छ । लोकल सानो गोलभेँडाको मूल्य पनि स्थिर ३५ रुपैयाँ नै कायम छ । रातो आलु ४८ रुपैयाँ र सेतो आलुको न्यूनतम मूल्य ४ रुपैयाँले घटेर आज ३४ रुपैयाँ रहेको छ ।

समितिका अनुसार स्थानीय काउली ८० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गर्दा गाँजरको मूल्यमा गिरावट आएको छ । हिजो प्रतिकेजी ११० रुपैयाँमा पुगेको गाँजर आज ९० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।

घिउ सिमी लोकल ३०, मूला रातो २५, मूला सेतो लोकल १५, भन्टा लाम्चो ३०, मकै बोडी ४०, भटमासकोशा ८०, तितो करेला ५०, लौका ५०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ६०, कन्ने च्याउ १५०, डल्ले च्याउ २६०, काँक्रो लोकल ५०, कुरीलो २५० र स्कूस ७० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।

रायोको साग प्रतिकेजी ८० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ न्यूनतम मूल्य रहेको छ ।

फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती हिजोको तुलनामा प्रतिकेजी १० रुपैयाँले बढेर १४० मा पुगेको छ ।

अनार ३०० रुपैयाँ न्यूनतम मूल्यमा पाइने छ । आँप मालदह १२०, अंगुर कालो ५० रुपैयाँले घटेर आज ५०० रुपैयाँ मूल्य तोकिएको छ ।

तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ न्यूनतम मूल्य प्रतिकेजी तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०८:२०
Weather Update