News Griha :: न्यूजगृह
एक वर्षमा भारतबाट ल्याएर नेपाली खाए ८१ करोडको प्याज

काठमाडौं—  एक वर्षमा भारतबाट ल्याएर झन्डै ८१ करोडको प्याज नेपालीले खाएका छन् ।

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरलेले आव २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर ८० करोड ९९ लाख ८४ हजार मूल्य बराबरको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज नेपाल आयात भएको जानकारी दिए ।

त्यसैगरी उनले ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, दुई करोड ७१ लाख ५२ हजार मूल्य बराबरको एक हजार छ सय ९७ मेट्रिक टन घिरौंला नेपाल आयात भएको जानकारी दिए ।

चार करोड ९८ लाख आठ हजार मूल्य बराबरको तीन हजार एक सय १३ मेट्रिक टन लौका, तीन करोड १० लाख आठ हजार मूल्य बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र तीन करोड ४० लाख ९६ हजार मूल्य बराबरको दुई हजार एक सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात भएको उनले बताए । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०७:२४
Weather Update