
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि मूल्य सार्वजनिक गरेको छ । मूल्यसूची अनुसार हरियो तरकारी र फलफूलको मूल्य केही घटेर आएको छ ।
हरियो प्याज र गोडभेँडामा प्रतिकेजी १० रुपैयाँ मूल्य बढ्दा भन्टा, लौका, कन्य च्याउको मूल्य १० रुपैयाँ प्रतिकेजीले घटेर आएको छ । तरकारी बजार विकास समितिका अनुसार गोडभेँको मूल्य बढेर आएको छ ।
हिजोको तुलनामा ठूलो गोलभेँडा प्रतिकेजी १० रुपैयाँले बढेर आएको हो । ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १०० रुपैयाँ पुगेको छ । लोकल सानो गोलभेँडाको मूल्य ३५ रुपैयाँ छ ।
समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी २ रुपैयाँले घटेर ४८ रुपैयाँ र सेतो आलुको न्यूनतम मूल्य ३ रुपैयाँले घटेर ३५ रुपैयाँ रहेको छ । भारतीय सुकेको प्याज ४८ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ स्थिर १२ रुपैयाँमा रहेको छ ।
घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १२, भन्टा लाम्चो ३०, मकै बोडी ५०, भटमासकोशा ७०, तितो करेला ५०, लौका ५०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०, कन्ने च्याउ १५०, डल्ले च्याउ ३००, गाँजर ११०, काँक्रो लोकल ५०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।
रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ८० रुपैयाँ न्यूनतम मूल्य रहेको छ । तरकारी बजार विकास समितिका अनुसार फलफूमा केरा दर्जनको १५० रुपैयाँ तोकिएको छ ।
आज फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती हिजोको तुलनामा प्रतिकेजी १० रुपैयाँले घटेर १५० मा झरेको छ । अनारको भाउ आज ३० रुपैयाँले घटेको छ । हिजो प्रतिकेजी ३८० रहेको अनार आज ३५० मा पाइने छ ।
आँप मालदह १५०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २४०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपती लोकल ६० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ ।