सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं— सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ । बुधबार दुईपटक बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय संख्यामा सहमति गरे पनि कुन पार्टीलाई कुन मन्त्रालय त्यसबारे भने सहमति गरेको छैन ।
मन्त्रालयको जिम्मेवारी लिने एजेन्डाका साथ आज विहान बैठबन्धनको बैठक बस्न लागेको हो । हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आआफ्नो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले कति वटा र कुन–कुन मन्त्रालय पाउने निर्णय नभएकाले बिहीबार बिहान बैठक बस्न लागेकाे एक नेताले जानकारी दिए ।
याे पनि
आज होला त मन्त्रिपरिषद् विस्तार ?
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ ०६:५३













