News Griha :: न्यूजगृह
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेकोले आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो ।

एक जना नेताका अनुसार बुधबार अपरान्ह बसेको बैठकमा आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । ती नेताले भने, ‘बिहीबार बेलुका शपथ हुनेछ । जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन् ।’

याे पनि

मन्त्रालय भागबन्डा : कसलाई कति ?

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०६:३२
Weather Update