मूल्य वृद्धिदर ६.५ प्रतिशत कायम राख्ने लक्ष्य

काठमाडौं— नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य लिएको छ ।
आइतबार राष्ट्र बैंकले चालु वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गर्दै ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने गरी मुद्रा प्रवाह गर्ने नीति लिएको हो ।
६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६.५ प्रतिशतभित्र रहने अनुमान गरेको छ। उपयुक्त लक्ष्य हासिल गर्न बजेटमा आर्थिक सुधारका कार्ययोजनाहरू प्रस्ताव गरिएको राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख छ ।
गत आर्थिक वर्षमा सरकारले ७ प्रतिशतमा मूल्य वृद्धि सीमित पार्ने लक्ष्य लिएको थियो । जेठसम्ममा यस्तो औसत मूल्य वृद्धिदर ७.७७ प्रतिशत पुगेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १४:५६