निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार हुने

काठमाडौं— नेपाल राष्ट्र बैंकले, चालु आर्थिक वर्ष २०८०/८१ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ ।
आइतबार राष्ट्र बैंकले चालु वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको हो ।
यो पनि पढ्नुहोस
यस्तै केन्द्रीय बैंकले विस्तृत मुद्रा प्रदाय १२.५ प्रतिशत हुने अनुमान गरेको छ । मौद्रिक नीतिले मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने नीति लिएको छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १४:५१