
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार कन्य च्याउमा हिजोको तुलनामा १० रुपैयाँ र डल्ले च्याउमा प्रतिकेजी ५० रुपैयाँ बढेर आएको छ ।
यस्तै मकै बोडीको मूल्य प्रतिकेजी २० रुपैयाँले घट्दा भन्टा र लौकामा १० रुपैयाँ प्रतिकेजी मूल्य घटेर आएको छ । समितिले आजको लागि लोकल सानो गोलभेँडाको मूल्य ३५ रुपैयाँ तोकेको छ । हिजोको तुलनामा गोडभेँडा प्रतिकेजी ५ रुपैयाँले घटेर आएको छ ।
ठूलो गोलभेँडाको न्यूनतम मूल्य पनि स्थिर छ । आज प्रतिकेजी ८० रुपैयाँमा ठूलो गोलभेँडा पाइने छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने सेतो आलुको न्यूनतम मूल्य ३५ रुपैयाँ रहेको छ । समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १२ रुपैयाँ पुगेको छ ।
घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ४०, मकै बोडी ४०, भटमासकोशा ७०, तितो करेला ५०, लौका ५०, परवल ५०, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०, कन्ने च्याउ १८०, डल्ले च्याउ २८०, काँक्रो लोकल ६०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।
रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्यूनतम मूल्य रहेको छ । फलफूमा केरा दर्जनको १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० पुगेको छ । कागती हिजोको तुलनामा प्रतिकेजी ५० रुपैयाँले बढेर २०० पुगेको छ । अनार प्रतिकेजी ४००, आँप मालदह १५०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ ।