राजनीति
सत्तारुढ गठबन्धनको निर्णय : भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार

काठमाडौं— सत्तारुढ गठबन्धनको बैठकले भोलि बिहीबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको सत्तारुढ गठबन्धन बैठकले मन्त्रालय भागबन्डामा सहमति जुटेकाले भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताको भनाइमा भोलि बेलुकासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।
‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ । भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने ।
याे पनि
मन्त्रालय भागबन्डा : कसलाई कति ?
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १८:०३













