News Griha :: न्यूजगृह
थाहा पाउनुहोस् आलु, काँक्रो, गोलभेँडासहितको मूल्य

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि मूल्य सार्वजनिक गरेको छ । समितिको मूल्यसूची अनुसार बिहीबारको तुलनामा गाँजरको मूल्यमा १० रुपैयाँ वृद्धि भएको छ । प्रतिकेजी ११० रुपैयाँ रहेको गाँजरको आज १२० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।

काउलीको मूल्य भने आज स्थिर नै रहेको छ । बिहीबार ८० रुपैयाँमा किनबेच भएको काउली आज पनि सोही मूल्यमा बिक्री भइरहेको छ । लोकल सानो गोलभेँडाको मूल्यमा हिजोको तुलनामा ५ रुपैयाँ वृद्धि भएको छ । हिजो ३५ रुपैयाँ न्यूनतम प्रतिकेजी मूल्य निर्धारण गरेको समितिले आजको लागि लोकल सानो गोलभेँडाको मूल्य ४० रुपैयाँ तोकेको छ । ठूलो गोलभेँडाको न्यूनतम मूल्य स्थिर छ ।

आज प्रतिकेजी ८० रुपैयाँमा ठूलो गोलभेँडा पाइने छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ४८ रुपैयाँ मूल्य निर्धारण गरेको छ भने सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ । समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १० रुपैयाँ रहेको छ ।

घिउ सिमी लोकल ५०, मूला रातो ३०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ४०, मकै बोडी ६०, भटमास कोशा ८०, तितो करेला ४०, लौका ६०, परवल ५०, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०, कन्ने च्याउ १८०, डल्ले च्याउ ३४०, काँक्रो लोकल ५०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ९० रुपैयाँ न्यूनतम मूल्य रहेको छ । फलफूमा केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३४० पुगेको छ । कागती ११०, अनार ३८०, आँप मालदह १५०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०८:४९
Weather Update