News Griha :: न्यूजगृह
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यूरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ ३० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकको भनाइ छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०६:४०
Weather Update